दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

आ.व. २०७४।०७५ को बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण तथा कार्यालय भवन उद्घाटन एवं व्यापारीक भवन शिलान्यास समारोह सम्पन्न ।

यस उर्लाबारी नगरपालिकाको आ.व. २०७४।०७५ को बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण तथा कार्यालय भवन उद्घाटन एवं व्यापारीक भवन शिलान्यास समारोह मिति २०७३।१०।०३ गते कार्यालको प्रागणमा सम्पन्न भएको छ । 
माननीय संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरु, विभागीय कार्यालयका प्रतिनिधि, वडा नागरीक मञ्चका संयोजक एवं सदस्यहरु, महिला, लक्षित वर्गका प्रतिनिधिहरु लगायत स्थानीय नगरबासीहरुको ठूलो मात्रमा उपस्थिति रहेको थियो ।
कार्यालयका कर्मचारी भरत अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा मा. राज्यमन्त्रीले नवनिर्मित भवन उद्घाटन, व्यपारिक भवन शिलान्यास गर्दै यस न.पा. बाट स्थापित विकास पत्रकारीता र क्रियाशिल पत्रकारीता पुरस्कार, उत्कृष्ट करदाता सम्मान र उत्कृष्ट कर्मचारी पुरस्कार वितरण गर्नु भएको थियो अन्त्यमा यस न.पा. का कार्यकारी अधिकृत श्री सुरेन्द्र थापा मगरले कार्याक्रम समापन गर्नु भएको थियो ।
अन्त्यमा उक्त ऐतिहासीक कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याई दिनु हुने अतिथि महानुभावहरु, सम्पूर्ण उपस्थित महानुभावहरुका साथै नगरबासी महानुभावहरुमा यस नगरपालिका हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
उक्त कार्यक्रमका केही झलकहरुः