सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण, हाम्राे अभियान

निजामती सेवा दिवसकाे अवसरमा न‍गरपालिकामा सरसफाइ कार्यक्रम अायाेजना गरिएकाे छः

निजामती सेवा दिवसको अवसरमा मिति २०७४।०५।२२ गते उर्लाबारी नगरपालिका कार्यालय परिसर सरसफाई कार्यक्रम आयोजना गरिएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर फागोज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता कार्यालयका कार्यकारी अधिकृत श्री अम्बिका प्रसाद चौलागाईले गर्नु भएको थियो । सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकार, अन्य सहभागी र न.पा. कर्मचारीहरुको उपस्थिति रहेको थियो । नगर प्रमुख, कार्यकारी अधिकृत र सशस्त्र प्रहरी बलका प्रमुखले संयुक्त रुपमा सरसफाई गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रमका केही झलकहरुः