" सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण, हाम्राे अभियान "

समाचार/सूचना

  • ,
  • यस उर्लाबारी नगरपालिका कार्यालयमा मिति २०७२-१२-०३ मा बसेको सर्वदलिय एवं सर्वपक्षिय बैठकमा सिटी सफारी व्यवस्थापन सम्बन्धमा देहाय बमोजिम निर्णय भएकोले सर्वसाधारण र सरोकारवाला सबैलाई जानकारीको लागि यो सूचना जारी गरिएको छ ।
    निर्णयहरु :
    १)     यस उर्लाबारी न.पा. बाट सिफारीस भई हाल संचालनमा रहेका ११६ वटा सिटी सफारी यही मिति २०७२ चैत्र १५ गते भित्र यातायात व्यवस्था कार्यालयमा अनिवार्य रुपमा दर्ता  गर्नुपर्ने ।
    २)    नयाँ ON TEST को रुपमा संचालन भएका सिटी सफारी सम्बन्धमा मिति २०७२ फाल्गुण २० गते भित्र नगरपालिकामा दर्ता भएकाहरुको हकमा मात्र न.पा. मा स्थायी बसोबास भएका व्यक्ति, १ व्यक्ति १ सिटी सफारीको आधारमा रुट निर्धारण                    समितिले सिफारीस पेश गर्ने । अन्यथा सफारी दर्ता नहुने ।
    ३)    डिलरहरुले सिटी सफारी बिक्री बन्द गर्ने र बिक्री गरेमा स्वयम् जिम्मेवार हुने ।
     

  • यस उर्लाबारी नगरपालिकाद्वारा तपसिल बमोजिमको मिति, समय र स्थानमा नगरपालिका भित्र रहेका घर नम्बरीङ्ग तथा नेम प्लेट राखने सम्बन्धमा १ (एक) दिने कार्यशाला गोष्ठीको आयोजना गरिने भएकोले उक्त गोष्ठीमा यहाँकाे उपस्थितिको लागि अनुरोध छ ।  

    तपसिल :
    मिति : २०७२ चैत्र ५ गते शुक्रवार 
    समय : दिनकोे ११ बजे ।
    स्थान : बौद्ध गुम्बा, उर्लाबारी–२  
     

  • नेपालको संबिधानले नेपाली जनतालाई प्रत्याभूत गरेका हक ,अधिकार, कर्तव्य लगायत संबिधानका मुलभूत प्रावधान र बिशेषताहरूको वारेमा नगरवासीहरूलाई जानकारी गराउने नेपाल सरकारको अभियान अन्तर्गत यस उर्लाबारी नगरीमा निम्न मिति ,समय र स्थानमा प्रचार कार्यक्रमको आयोजना गरिने भएकोले उक्त कार्यक्रममा टोल विकास संस्था, वडा नागरिक मञ्च, सामाजिक संघ, संस्था, तथा सम्पुर्ण नगरवासीहरु सहभागि भई दिनु हुन उर्लाबारी नगरपालिका हार्दिक अनुरोध गर्दछ।
    मिति – २०७२/०९/१९
    समय – बिहानको ११ः३० बजे
    स्थान – पूर्वाञ्चल बौद्ध गुम्बा, उर्लाबारी–२, मोरङ

  • स्थानिय स्वायत्त शासन ऐन २०५५ अनुसार यस उर्लाबारी नगरपालिकाबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनाका प्रस्तावहरु छनोट गरि नगरपालिका समक्ष सिफारिस गर्ने प्रयोजनका लागि तपशिल बमोजिमका मिति, स्थान र समयमा “एकिकृत योजना तर्जुमा समितिको बैठक” हुने हुँदा उपस्थितिको लागि अनुरोध छ ।
    तपशिल 
    मिति – २०७२।०९।२८
    समय – दिउसो १ः०० बजे
    स्थान – सगरमाथा सामुदायिक सहकारी संस्था

     

  • यस उर्लावारी न.पा.को आ.ब. २०७१।०७२ मा सञ्चालन भएको योजनाहरु सञ्चालनको लागी प्रत्येक योजनाको उपभोक्ता समिति उर्लाबारी न.पा.को रोहवोरमा गठन गरेकोमा गत आ.ब.को सम्पूर्ण योजनाहरु फरफाराक भईसकेकोले सो उपभोक्ता समितिलाई यस न.पा. मिति २०७२।०३।०१ बाट विगठन गरेको व्यहोराका साथ जानकारी गरिन्छ । 

Pages

उर्लाबारी नगरपालिकाको परिचयः  

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिकालाई नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३।११।२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो । मोरङ जिल्लाकै नमूना नगरको रुपमा परिचिति हुन उन्मुख रहेको यस नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँ पालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ । यस नगरमा करिव ५४,६९६ जनसंख्या मध्ये ५४.०२ प्रतिशत महिला र ४५.९८ प्रतिशत पुरुष सहित ज्ञद्दछघण् घरपरिवार रहेको पाइन्छ । अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ । सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको मान्न सकिन्छ । उर्लाबारी चौकदेखि उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो एवं दक्षिणतर्फ सिधा सदरमुकाम पुग्ने बैकल्पिक सडक भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ । बेतिनी सिमसार, बुढा ठाकुर, लामपाते सिमसार हुनु र यसको प्रबद्र्धनमा नगरपालिका र  स्थानीय स्तरमा भएको प्रयासले उर्लाबारी नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ ।

१. साविक उर्लाबारी नगपालिका स्थापना मिति       ः–    २०७१ बैशाख २५ गते
   उर्लाबारी नगरपालिका (पुर्नसंरचना पश्चात) स्थापना मिति     ः– २०७३ साल
२. भौगोलिक अवस्थिति      ः–    २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर
३. क्षेत्रफल                     ः–    ७४.६२ वर्ग किलोमिटर 
४. उचाई                       ः–    ११६ मिटर देखी १६४ मिटरसम्म
५. स्वास्थ्य विवरण            ः–    सरकारी अस्पताल–१, स्वास्थ्य चौकी – १, निजी–६    
६. सामुदायिक वन          ः–    सृृजना सामुदायिक वन, सुनझोडा सामुदायिक वन, सालबारी सामूदायिक वन, बेतिनी   सामुदायिक वन
७. बाल विकास केन्द्र        ः–    १६ वटा
८. शैक्षिक संस्था              ः–     सामुदायिकतर्फ
                                      उर्लाबारी बहुमूुखि क्याम्पस, राधिका उ.मा.वि., सुनपकुवा मा.वि., राधिका मा.वि.,  सृजना मा.वि., दुर्गा मा.वि., सुनझोडा मा.वि., भानु नि.मा.वि., शान्ति नि.मा.वि.,  सरस्वती नि.मा.वि., बहादुर बाबा चौधरी आ.वि., राजघाट  आ.वि., शान्तिक्षेत्र आ.वि.,   प्रभात आ.वि., महाराज आ.वि., अरनिको मा.वि., सार्वजनिक मा.वि. । 
९. सिमाना                    ः– 

  •  पूर्वमा दमक नगरपालिका
  •  पश्चिममा पथरीशनिश्चरे र लेटाङ नगरपालिका
  •  उत्तरमा मिक्लाजुङ्ग गाउँपालिका
  •  पश्चिममा रतुवामाई नगरपालिका

१०. हावापानी        ः–         उष्ण मौसमी हावापानी पाईने
  ११. राजनीतिक।प्रशानिक विभाजनको अवस्थाः–

  • प्रदेश            ः        प्रदेश नं. १
  • जिल्ला            ः        मोरङ
  • जम्मा वडा संख्या    ः        ९

१२.    कूल जनसंख्या        ः–        ५४६९६ (२०६८ को जनगणनाबाट)
        क) महिला        ः–        २९५४८
         ख) पुरुष        ः–        २५१४८        
१३.    कूल घरधुरी संख्या    ः–          १२५३०

हाल कायम भएको वडा (ठेगाना )

साविकका गा.बि.स/ न.पा
उर्लाबारी १

मधुमल्ला ७, ८ र ९

उर्लाबारी २ उर्लाबारी ७, ८ र ९
उर्लाबारी ३

उर्लाबारी ६

उर्लाबारी ४ उर्लाबारी १ र ५
उर्लाबारी ५ उर्लाबारी २
उर्लाबारी ६ उर्लाबारी ३
उर्लाबारी ७

उर्लाबारी ४

उर्लाबारी ८ राजघाट १-४, ९ 
उर्लाबारी ९ राजघाट ५-८