दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

समाचार/सूचना

  • ,
  • ,
  • , , ,

    मिति २०८० साल असार ९ गते बसेको दशौँ नगर सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उर्लाबारी नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट साथै त्रिवर्षिय मध्यमकालिन खर्च संरचना पेश भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको आयतर्फ आन्तरिक आम्दानी रु. ५ करोड ७६ लाख ७ हजार, संघीय सरकार राजस्व बांडफांडतर्फ रु ११ करोड ९ लाख ६७ हजार, संघिय सरकार वित्तीय समानिकरणतर्फ रु. १५ करोड ६५ लाख, संघीय सरकार विशेष अनुदान तर्फ २ करोड, बाडफाटबाट प्राप्त हुने विज्ञापन कर रु ३ लाख ७० हजार २ सय ६०, वित्तिय समानिकरण प्रदेश सरकारतर्फ रु. १ करोड ९९ हजार, सवारी साधन कर बाँडफाँड प्रदेश सरकारतर्फ रु. ९२ लाख ९४ हजार, सडकबोर्ड बाट प्राप्त हुने रकम रु. ५८ लाख, संघीय सरकार सशर्त अनुदानतर्फ रु. ५९ करोड ७३ लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ रु. ४५ लाख, रजिष्ट्रेशन बाडफाडबाट रु. ५ करोड ८० लाख, संघीय सरकार समपुरक अनुदानतर्फ १ करोड, संघीय सरकार बाँडफाँड भई प्राप्त वन रोयल्टी २१ लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ रु. १ करोड ५० लाख, अन्य बाडफाटबाट प्राप्त हुने आय रु २ करोड ६५ लाख, जनसहभागितातर्फ रु. १ करोड ९० लाख र आ.व. २०७९ / ०८० को मौज्दाततर्फ रु. २० करोड १० लाख ३९ हजार ३ सय ७८ मात्र गरी जम्मा कुल आम्दानी रु. १ अर्ब ३० करोड ४० लाख ७६ हजार ६ सय ३८ अनुमान गरिएको छ भने व्ययतर्फ संघीय सरकार सशर्त अनुदानतर्फ रु. ५९ करोड ७३ लाख, संघीय सरकार विशेष अनुदान तर्फ २ करोड, संघीय सरकार समपुरक अनुदानतर्फ १ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ रु. १ करोड ५० लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ रु. ४५ लाख, सडकबोर्ड बाट प्राप्त हुने रकम सडक मर्मततर्फ रु. ५८ लाख, जनसहभागितातर्फ रु १ करोड ९० लाख, चालू तथा प्रशासनिक खर्चतर्फ रु १३ करोड ५६ लाख ४० हजार ४ सय ९७, नगर गौरव आयोजनाको लागि आवश्यक रकम रु. ७५ लाख, नगरपालिकाको समपूरक कोषतर्फ २ करोड, भवन निर्माणतर्फ १ करोड ५० लाख, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरुतर्फ २ करोड ८५ लाख, विपद् व्यवस्थापन कोषमा रु. १ करोड २५ लाख, आकस्मिक कोषमा रु. २५ लाख, मर्मत सम्भार कोषमा रु. १ करोड २५ लाख, गत वर्षको क्रमागत योजना तर्फ रु २ करोड ८३ लाख ६१ हजार १४१, नगरपालिकाका विषयक्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम रु. ३६ करोड ९९ लाख ७५ हजार गरी कुल खर्च रु. १ अर्ब ३० करोड ४० लाख ७६ हजार ६ सय ३८ अनुमान गरेको छु । जसमध्ये कूल चालु खर्चतर्फ ५७ करोड ३७ लाख ९३ हजार ७ सय २० अर्थात कुल खर्चको ४४ प्रतिशत र पूँजिगत खर्चतर्फ ७३ करोड २ लाख ८२ हजार ९ सय १८ अर्थात कुल खर्चको ५६ प्रतिशत रहेको छ ।

Pages