यस नगरपालिकामा संचालन हुने शहरी स्वास्थ्य चौकीको लागि अ.न.मि. (स्वास्थ्य सेवा) पदमा करारमा नियुक्ति गर्नु पर्ने भएकोले निम्नलिखित योग्यता पुगेका नेपाली नागरिकबाट यस नगरपालिकाबाट स्वीकृत फारम भरी दरखास्त आह्वान गरिन्छ ।
दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"
यस नगरपालिकामा संचालन हुने शहरी स्वास्थ्य चौकीको लागि अ.न.मि. (स्वास्थ्य सेवा) पदमा करारमा नियुक्ति गर्नु पर्ने भएकोले निम्नलिखित योग्यता पुगेका नेपाली नागरिकबाट यस नगरपालिकाबाट स्वीकृत फारम भरी दरखास्त आह्वान गरिन्छ ।
विस्तृत जानकारीका लागि तल सलग्न lgcdp.pdf file हेर्नु हाेला ।
मिति २०७३-०२-०३ मा प्रकाशित विज्ञापन कर संकलनको ठेक्का आह्वान सम्बन्धि सूचना विशेष कारणवश अर्को सूचना प्रकाशित नहुन्जेलको लागि स्थगित गरिएको सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौ ।
यस नगरपालिकाको मिति २०७२/१२/१५ मा प्रकाशित सूचना अनुसार तपसिल बमोजिमका विज्ञापन नम्वर, पद/तह अनुसार दरखास्त फाराम स्वीकृत गराएका सम्पूर्ण उम्मेद्वारहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रमानुसार निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।