दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

दलित नवजात शिशुलाई प्रोत्साहन भत्ता उपलब्ध गराईने सम्बन्धी सूचना :

नेपाल सरकार माननीय मन्त्रीस्तर निर्णय बमोजिम नेपालभरका २०७३.४.२० पश्चात जन्मेका तोकिएको मिति भित्रै जन्म दर्ता गर्न आउने दलित नवजात शिशुको परिवारलाई प्रोत्साहन रुवरुप रु. १०००।– उपलब्ध गराउने भनि निर्देशन भए बमोजिम यस नगरपालिकाको स्थायी बसोबास भएका दलित परिवारबाट मिति २०७३.०४.२० पश्चात जन्म लिएका नवजात शिशुको ३५ दिनभित्र यस कार्यालयमा आई जन्मदर्ता गराई प्रोत्साहन स्वरुप दिईने रु. १०००।– भत्ताको सुविधाबाट लाभ उठाउन हुन सम्बन्धीत सबैमा जानकारी स्वरुप यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।