Bhag 2

एेन, कानुनकाे नाम text Documents
बैठक सञ्चालन कार्यविधि २०७४ PDF icon बैडक संचालन २०७४.pdf
कार्यसम्पादन नियमावली २०७४ PDF icon कार्य सम्पादन २०७४.pdf
कार्य विभाजन नियमावली २०७४ PDF icon कार्य विभाजन नियमावली २०७४.pdf
नगर सभा सञ्चालन कार्यविधि २०७४ PDF icon सभा संचालन कार्यविधि २०७४.pdf
कार्यपालकाकाे निर्णय र अादेश र अधिकारपत्रकाे प्रमाणिकरण कार्यविधि २०७४ PDF icon निर्णय र अधिकारपत्र प्रमाणिकरण २०७४.pdf
घ वर्गकाे निमार्ण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि २०७५ PDF icon घ वर्गको इजाजत पत्र २०७५.pdf
राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५ PDF icon राजपत्र प २०७५.pdf
शैक्षिक व्यवस्थापन कार्यविधि २०७५ PDF icon शैक्षिक व्यवस्थापन कार्यविधि २०७५.pdf
मर्मत सम्भार काेष सञ्चालन कार्यविधि २०७५ PDF icon मर्मत सम्भार कोष संचालन कार्यविधि २०७५.pdf
उपभाेक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ १० PDF icon उपभोत्ता समिति गठन कार्यविधि २०७५.pdf
टाेल विकास संस्था सञ्चालन कार्यविधि २०७५ ११ PDF icon टोल विकास संस्था कार्यविधि २०७५.pdf
सार्वजनिक खरिद नियमावली २०७५ १२ PDF icon खरिद नियमावली २०७५.pdf
विपद व्यवस्थापन काेष सञ्चालन कार्यविधि २०७५ १३ PDF icon विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७५.pdf

उर्लाबारी नगरपालिकाको परिचयः  

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिकालाई नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३।११।२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो । मोरङ जिल्लाकै नमूना नगरको रुपमा परिचिति हुन उन्मुख रहेको यस नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँ पालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ । यस नगरमा करिव ५४,६९६ जनसंख्या मध्ये ५४.०२ प्रतिशत महिला र ४५.९८ प्रतिशत पुरुष सहित ज्ञद्दछघण् घरपरिवार रहेको पाइन्छ । अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ । सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको मान्न सकिन्छ । उर्लाबारी चौकदेखि उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो एवं दक्षिणतर्फ सिधा सदरमुकाम पुग्ने बैकल्पिक सडक भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ । बेतिनी सिमसार, बुढा ठाकुर, लामपाते सिमसार हुनु र यसको प्रबद्र्धनमा नगरपालिका र  स्थानीय स्तरमा भएको प्रयासले उर्लाबारी नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ ।

१. साविक उर्लाबारी नगपालिका स्थापना मिति       ः–    २०७१ बैशाख २५ गते
   उर्लाबारी नगरपालिका (पुर्नसंरचना पश्चात) स्थापना मिति     ः– २०७३ साल
२. भौगोलिक अवस्थिति      ः–    २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर
३. क्षेत्रफल                     ः–    ७४.६२ वर्ग किलोमिटर 
४. उचाई                       ः–    ११६ मिटर देखी १६४ मिटरसम्म
५. स्वास्थ्य विवरण            ः–    सरकारी अस्पताल–१, स्वास्थ्य चौकी – १, निजी–६    
६. सामुदायिक वन          ः–    सृृजना सामुदायिक वन, सुनझोडा सामुदायिक वन, सालबारी सामूदायिक वन, बेतिनी   सामुदायिक वन
७. बाल विकास केन्द्र        ः–    १६ वटा
८. शैक्षिक संस्था              ः–     सामुदायिकतर्फ
                                      उर्लाबारी बहुमूुखि क्याम्पस, राधिका उ.मा.वि., सुनपकुवा मा.वि., राधिका मा.वि.,  सृजना मा.वि., दुर्गा मा.वि., सुनझोडा मा.वि., भानु नि.मा.वि., शान्ति नि.मा.वि.,  सरस्वती नि.मा.वि., बहादुर बाबा चौधरी आ.वि., राजघाट  आ.वि., शान्तिक्षेत्र आ.वि.,   प्रभात आ.वि., महाराज आ.वि., अरनिको मा.वि., सार्वजनिक मा.वि. । 
९. सिमाना                    ः– 

  •  पूर्वमा दमक नगरपालिका
  •  पश्चिममा पथरीशनिश्चरे र लेटाङ नगरपालिका
  •  उत्तरमा मिक्लाजुङ्ग गाउँपालिका
  •  पश्चिममा रतुवामाई नगरपालिका

१०. हावापानी        ः–         उष्ण मौसमी हावापानी पाईने
  ११. राजनीतिक।प्रशानिक विभाजनको अवस्थाः–

  • प्रदेश            ः        प्रदेश नं. १
  • जिल्ला            ः        मोरङ
  • जम्मा वडा संख्या    ः        ९

१२.    कूल जनसंख्या        ः–        ५४६९६ (२०६८ को जनगणनाबाट)
        क) महिला        ः–        २९५४८
         ख) पुरुष        ः–        २५१४८        
१३.    कूल घरधुरी संख्या    ः–          १२५३०

हाल कायम भएको वडा (ठेगाना )

साविकका गा.बि.स/ न.पा
उर्लाबारी १

मधुमल्ला ७, ८ र ९

उर्लाबारी २ उर्लाबारी ७, ८ र ९
उर्लाबारी ३

उर्लाबारी ६

उर्लाबारी ४ उर्लाबारी १ र ५
उर्लाबारी ५ उर्लाबारी २
उर्लाबारी ६ उर्लाबारी ३
उर्लाबारी ७

उर्लाबारी ४

उर्लाबारी ८ राजघाट १-४, ९ 
उर्लाबारी ९ राजघाट ५-८