दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

निजामती सेवा दिवसकाे अवसरमा न‍गरपालिकामा सरसफाइ कार्यक्रम अायाेजना गरिएकाे छः

निजामती सेवा दिवसको अवसरमा मिति २०७४।०५।२२ गते उर्लाबारी नगरपालिका कार्यालय परिसर सरसफाई कार्यक्रम आयोजना गरिएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर फागोज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता कार्यालयका कार्यकारी अधिकृत श्री अम्बिका प्रसाद चौलागाईले गर्नु भएको थियो । सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकार, अन्य सहभागी र न.पा. कर्मचारीहरुको उपस्थिति रहेको थियो । नगर प्रमुख, कार्यकारी अधिकृत र सशस्त्र प्रहरी बलका प्रमुखले संयुक्त रुपमा सरसफाई गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रमका केही झलकहरुः