दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"
यस उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत श्री सुवास श्रेष्ठज्यूको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय बमोजिम यस कार्यालयबाट श्री जिल्ला विकास समितिको कार्यालय, संखुवासभामा सरुवा भएकोले आज मिति २०७३/०७/०४ मा यस नगरपालिकाको आयोजनामा न.पा. कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाहरुको प्रतिनिधि, बाल सञ्जाल तथा महिला सञ्जाल, भद्र भलाद्मी लगायत स्थानीयबासीको सहभागिता भएको विदाई कार्यक्रमको केही झलकहरु :
नेपाल सरकार माननीय मन्त्रीस्तर निर्णय बमोजिम नेपालभरका २०७३.४.२० पश्चात जन्मेका तोकिएको मिति भित्रै जन्म दर्ता गर्न आउने दलित नवजात शिशुको परिवारलाई प्रोत्साहन रुवरुप रु. १०००।– उपलब्ध गराउने भनि निर्देशन भए बमोजिम यस नगरपालिकाको स्थायी बसोबास भएका दलित परिवारबाट मिति २०७३.०४.२० पश्चात जन्म लिएका नवजात शिशुको ३५ दिनभित्र यस कार्यालयमा आई जन्मदर्ता गराई प्रोत्साहन स्वरुप दिईने रु. १०००।– भत्ताको सुविधाबाट लाभ उठाउन हुन सम्बन्धीत सबैमा जानकारी स्वरुप यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
मिति २०७३-०४-३१ गते आ व ०७२-०७३ को नगर विकास योजना तथा कार्यक्रमकाे वार्षिक समिक्षा गोष्ठी राजनीतिक दल, नागरिक समाज ,पूर्व जन प्रतिनिधिहरु, टोल विकास संस्था, वडा नागरिक मंच, सामाजिक परिचालक, संचारकर्मी तथा कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भयो ।
घर नक्सा पास प्रकिया खुलाएकाे सूचना ।