दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

तालिम संचालन हुने बारेको सूचना

यस उर्लाबारी नगरपालिका र व्यावसायिक तथा सिप विकास तालिम केन्द्रको सहकार्यमा लक्षित वर्ग अन्र्तगत अपाङ, द्वन्दपिडित, विपन्न, दलित, आदिवासी/जनजाती, मघेसी तथा अन्य जातजातिका महिला तथा पुरुषहरु मध्ये १५ (पन्ध्र) जनालाई निःशुल्क सिपमुलक वेल्डिङ्ग तालिम (३ महिने) संचलान गरिने भएकोले ईच्छुक १८ वर्ष पुगी ४० वर्ष ननाघेका स्थानीय नागरिकले यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस नगरपालिकाको कार्यालयमा आवेदन फारम भर्नु हुन आह्वान गरिन्छ ।
आवश्यक कागजात :
१) नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि – १ थान
२) उर्लाबारी नगरपालिकाको स्थानीयवासी हुनु पर्नेछ ।
३) न्यूनतम शैक्षिक योग्यता – जिल्ला स्तरीय परिक्षा (कक्षा ८) पास हुनुपर्नेछ ।
विस्तृत जानकारीको लागि उर्लाबारी न.पा. को सामुदायिक तथा वातावरण शाखामा सम्पर्क राख्नु होला ।