दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

समाचार/सूचना

  • मिति २०७३-०२-०३ मा प्रकाशित विज्ञापन कर संकलनको ठेक्का आह्वान सम्बन्धि सूचना विशेष कारणवश अर्को सूचना प्रकाशित नहुन्जेलको लागि स्थगित गरिएको सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौ ।

  • यस नगरपालिकाको मिति  २०७२/१२/१५ मा प्रकाशित सूचना अनुसार तपसिल बमोजिमका विज्ञापन नम्वर, पद/तह अनुसार दरखास्त फाराम स्वीकृत गराएका सम्पूर्ण उम्मेद्वारहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रमानुसार निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

     

  • यस नगरपालिकाले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय विराटनगरको सहकार्यमा मिति २०७३/०१/२१ गतेबाट ७ (सात) दिने भूकम्प प्रतिरोधी भवन निमार्ण सम्बन्धी कालिगढ तालिम संचालन गर्ने भएको हुुदा तालिम लिन योग्यता भएका ईच्छुक व्यक्तिहरुबाट तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकासित भएको मितिले ७ (सात) दिन भित्रमा यस कार्यालयको योजना तथा प्राविधिक शाखामा दरखास्त आहवान गर्न यो सूचना प्रकाशित गरिएको छ ।

    तपसिल :
    १) उर्लाबारी नगरपालिकाको स्थायी बासिन्दा हुनु पर्ने ।
    २) नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि – १ थान
    ३) भवन निमार्ण सम्बन्धी काम गरेको हुनु पर्ने ।
    ४) सामान्य लेखपढ गर्न जान्ने ।
     

  • यस कार्यालयले आदिवासी जनजाती, महिला, दलित, मुस्लिम, पिछडावर्ग, लक्षीत वर्ग तथा लोपन्मुख जातीहरुका लागि लोकसेवा आयोगबाट लिईने खरिदार पदको विज्ञापनलाई आधार मानि निम्न मिति, समय र स्थानमा लोकसेवा तयारी कक्षा संचालन गर्ने भएकोले ईच्छुक व्यक्तिहरुले आवेदनको लागि थप गरिएको म्याद यही मिति २०७२/१२/३० गते सम्म नगरपालिकामा निवेदन दिनु हुन सबैमा जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ ।

    निम्न :
    मिति : २०७२/१२/३० गते मंगलबारबाट
    समय : दिनको ठिक २ः३० बजे
    स्थान : एभरेष्ट मल्टि टेक्निकल कलेज, उर्लाबारी–२
     

Pages