दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

समाचार/सूचना

  • स्थानिय स्वायत्त शासन ऐन २०५५ अनुसार यस उर्लाबारी नगरपालिकाबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनाका प्रस्तावहरु छनोट गरि नगरपालिका समक्ष सिफारिस गर्ने प्रयोजनका लागि तपशिल बमोजिमका मिति, स्थान र समयमा “एकिकृत योजना तर्जुमा समितिको बैठक” हुने हुँदा उपस्थितिको लागि अनुरोध छ ।
    तपशिल 
    मिति – २०७२।०९।२८
    समय – दिउसो १ः०० बजे
    स्थान – सगरमाथा सामुदायिक सहकारी संस्था

     

  • यस उर्लावारी न.पा.को आ.ब. २०७१।०७२ मा सञ्चालन भएको योजनाहरु सञ्चालनको लागी प्रत्येक योजनाको उपभोक्ता समिति उर्लाबारी न.पा.को रोहवोरमा गठन गरेकोमा गत आ.ब.को सम्पूर्ण योजनाहरु फरफाराक भईसकेकोले सो उपभोक्ता समितिलाई यस न.पा. मिति २०७२।०३।०१ बाट विगठन गरेको व्यहोराका साथ जानकारी गरिन्छ । 

Pages