दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

समाचार/सूचना

  • यस उर्लाबारी नगरपालिका कार्यालयमा मिति २०७२-१२-०३ मा बसेको सर्वदलिय एवं सर्वपक्षिय बैठकमा सिटी सफारी व्यवस्थापन सम्बन्धमा देहाय बमोजिम निर्णय भएकोले सर्वसाधारण र सरोकारवाला सबैलाई जानकारीको लागि यो सूचना जारी गरिएको छ ।
    निर्णयहरु :
    १)     यस उर्लाबारी न.पा. बाट सिफारीस भई हाल संचालनमा रहेका ११६ वटा सिटी सफारी यही मिति २०७२ चैत्र १५ गते भित्र यातायात व्यवस्था कार्यालयमा अनिवार्य रुपमा दर्ता  गर्नुपर्ने ।
    २)    नयाँ ON TEST को रुपमा संचालन भएका सिटी सफारी सम्बन्धमा मिति २०७२ फाल्गुण २० गते भित्र नगरपालिकामा दर्ता भएकाहरुको हकमा मात्र न.पा. मा स्थायी बसोबास भएका व्यक्ति, १ व्यक्ति १ सिटी सफारीको आधारमा रुट निर्धारण                    समितिले सिफारीस पेश गर्ने । अन्यथा सफारी दर्ता नहुने ।
    ३)    डिलरहरुले सिटी सफारी बिक्री बन्द गर्ने र बिक्री गरेमा स्वयम् जिम्मेवार हुने ।
     

  • यस उर्लाबारी नगरपालिकाद्वारा तपसिल बमोजिमको मिति, समय र स्थानमा नगरपालिका भित्र रहेका घर नम्बरीङ्ग तथा नेम प्लेट राखने सम्बन्धमा १ (एक) दिने कार्यशाला गोष्ठीको आयोजना गरिने भएकोले उक्त गोष्ठीमा यहाँकाे उपस्थितिको लागि अनुरोध छ ।  

    तपसिल :
    मिति : २०७२ चैत्र ५ गते शुक्रवार 
    समय : दिनकोे ११ बजे ।
    स्थान : बौद्ध गुम्बा, उर्लाबारी–२  
     

  • नेपालको संबिधानले नेपाली जनतालाई प्रत्याभूत गरेका हक ,अधिकार, कर्तव्य लगायत संबिधानका मुलभूत प्रावधान र बिशेषताहरूको वारेमा नगरवासीहरूलाई जानकारी गराउने नेपाल सरकारको अभियान अन्तर्गत यस उर्लाबारी नगरीमा निम्न मिति ,समय र स्थानमा प्रचार कार्यक्रमको आयोजना गरिने भएकोले उक्त कार्यक्रममा टोल विकास संस्था, वडा नागरिक मञ्च, सामाजिक संघ, संस्था, तथा सम्पुर्ण नगरवासीहरु सहभागि भई दिनु हुन उर्लाबारी नगरपालिका हार्दिक अनुरोध गर्दछ।
    मिति – २०७२/०९/१९
    समय – बिहानको ११ः३० बजे
    स्थान – पूर्वाञ्चल बौद्ध गुम्बा, उर्लाबारी–२, मोरङ

  • स्थानिय स्वायत्त शासन ऐन २०५५ अनुसार यस उर्लाबारी नगरपालिकाबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनाका प्रस्तावहरु छनोट गरि नगरपालिका समक्ष सिफारिस गर्ने प्रयोजनका लागि तपशिल बमोजिमका मिति, स्थान र समयमा “एकिकृत योजना तर्जुमा समितिको बैठक” हुने हुँदा उपस्थितिको लागि अनुरोध छ ।
    तपशिल 
    मिति – २०७२।०९।२८
    समय – दिउसो १ः०० बजे
    स्थान – सगरमाथा सामुदायिक सहकारी संस्था

     

  • यस उर्लावारी न.पा.को आ.ब. २०७१।०७२ मा सञ्चालन भएको योजनाहरु सञ्चालनको लागी प्रत्येक योजनाको उपभोक्ता समिति उर्लाबारी न.पा.को रोहवोरमा गठन गरेकोमा गत आ.ब.को सम्पूर्ण योजनाहरु फरफाराक भईसकेकोले सो उपभोक्ता समितिलाई यस न.पा. मिति २०७२।०३।०१ बाट विगठन गरेको व्यहोराका साथ जानकारी गरिन्छ । 

Pages