दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

जनताको संबिधान जनताकैमाझ कार्यक्रममा सहभागि भई दिने बारेः

नेपालको संबिधानले नेपाली जनतालाई प्रत्याभूत गरेका हक ,अधिकार, कर्तव्य लगायत संबिधानका मुलभूत प्रावधान र बिशेषताहरूको वारेमा नगरवासीहरूलाई जानकारी गराउने नेपाल सरकारको अभियान अन्तर्गत यस उर्लाबारी नगरीमा निम्न मिति ,समय र स्थानमा प्रचार कार्यक्रमको आयोजना गरिने भएकोले उक्त कार्यक्रममा टोल विकास संस्था, वडा नागरिक मञ्च, सामाजिक संघ, संस्था, तथा सम्पुर्ण नगरवासीहरु सहभागि भई दिनु हुन उर्लाबारी नगरपालिका हार्दिक अनुरोध गर्दछ।
मिति – २०७२/०९/१९
समय – बिहानको ११ः३० बजे
स्थान – पूर्वाञ्चल बौद्ध गुम्बा, उर्लाबारी–२, मोरङ