दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

उर्लाबारी नगरपालिकाको आठौँ नगर सभामा आ.व २०७९।०८० को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

मिति २०७९।०३।०८ गते उर्लाबारी नगरपालिकाको सभाहलमा बसेको उर्लाबारी नगरपालिकाको आठौँ नगरसभाको पहिलो बैठकबाट आगामी आ व २०७९।०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । साथै मिति २०७९।०३।१० गते बसेको दोस्रो बैठकमा आ व २०७९।०८० का लागि चालु खर्च तर्फ ४३ करोड ३७ लाख ४२ हजार ९ सय ८० अर्थात कुल खर्चको ४३.५८ प्रतिशत र पूँजिगत खर्च तर्फ ५६ करोड १५ लाख १२ हजार अर्थात कुल खर्चको ५६.४२ प्रतिशत गरी जम्मा रु. ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान सहितको बजेट, योजना तथा कार्यक्रम पेश भएको छ ।  आठौँ नगर सभाको तेस्रो बैठक मिति २०७९ असार १२ गते आइतबार आव्हान भएको छ ।

माथि समावेश भएका तस्विरहरु उर्लाबारी नगरपालिकाको आठौँ नगरसभाको पहिलो र दोस्रो बैठकका केही झलकहरु हुन् ।