दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

उर्लाबारी नगरपालिकाको सिटी सफारी व्यवस्थापन सम्बन्धि सार्वजनिक सूचना :

यस उर्लाबारी नगरपालिका कार्यालयमा मिति २०७२-१२-०३ मा बसेको सर्वदलिय एवं सर्वपक्षिय बैठकमा सिटी सफारी व्यवस्थापन सम्बन्धमा देहाय बमोजिम निर्णय भएकोले सर्वसाधारण र सरोकारवाला सबैलाई जानकारीको लागि यो सूचना जारी गरिएको छ ।
निर्णयहरु :
१)     यस उर्लाबारी न.पा. बाट सिफारीस भई हाल संचालनमा रहेका ११६ वटा सिटी सफारी यही मिति २०७२ चैत्र १५ गते भित्र यातायात व्यवस्था कार्यालयमा अनिवार्य रुपमा दर्ता  गर्नुपर्ने ।
२)    नयाँ ON TEST को रुपमा संचालन भएका सिटी सफारी सम्बन्धमा मिति २०७२ फाल्गुण २० गते भित्र नगरपालिकामा दर्ता भएकाहरुको हकमा मात्र न.पा. मा स्थायी बसोबास भएका व्यक्ति, १ व्यक्ति १ सिटी सफारीको आधारमा रुट निर्धारण                    समितिले सिफारीस पेश गर्ने । अन्यथा सफारी दर्ता नहुने ।
३)    डिलरहरुले सिटी सफारी बिक्री बन्द गर्ने र बिक्री गरेमा स्वयम् जिम्मेवार हुने ।